अगामी साता सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच वार्ता हुने

0
95

सोल ः अगामी साता सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच वार्ता हुने भएको छ । यसलाई शिखर वार्ता नाम दिइएको छ । यो शिखर वार्तालाई विश्वको राजनीतिक इतिहासमा नै एक असम्भव कूटनीतिक बैठकको रूपमा लिइएको छ । यी दुई नेताको राजनीतिक सिद्धान्त मिल्दैन । तैपनि दुईबीच आश्चर्यजनक रूपमा केही समानता रहेका छन् ।गत वर्ष अमेरिकी राष्ट्रपति पदमा शपथ लिनु भएका राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी इतिहासमा बढी वा पाको उमेरको राष्ट्रपतिका रूपमा परिचित हुनु हुन्छ । उत्तर कोरियाली नेता किम जोङ उन भने विश्वकै कान्छो राष्ट्रपतिको रूपमा रहेका छन् । उहाले आजभन्दा ५ वर्षअघि नै उत्तर कोरियाको नेताका रूपमा काम शुरु गरेका थिए । सोलस्थित योनसे युनिभर्सिटीका प्राध्यापक जोन डेलुरीले अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताले एक अर्काको कुरा सुन्ने र यसबाट राम्रै हुने विचार प्रकट गरेका छन् । त्यसैबमोजिम उत्तर कोरियाले पनि अमेरिकासँगको वार्ताको तयारी गरिरहेको जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here