अठ्ठाइस मृतकका परिवारलाई कुवेतबाट पाँच करोड क्षतिपूर्ति

0
74

काठमाडौं, ४ फागुन । नेपाली दूतावास कुवेतले वैदेशिक रोजगारीका क्रममा मुत्यु भएका २८ नेपाली नागरिकको क्षतिपूर्तिबापत पाँच करोड पाँच लाख ९९ हजार ७११ रूपैयाँ रकम परराष्ट्र मन्त्रालयमा पठाएको छ । नेपाली दूतावास कुवेतले प्रेस विज्ञप्तिमार्फत आव २०७२र७३ र आव २०७३र७४ को हालसम्मको क्षतिपूर्ति रकम पठाएको जानकारी दिएको छ । कुवेतमा विगतका वर्षहरुमा मृत्यु भई क्षतिपूर्ति लिन बाँकी रहेका नेपाली नागरिकको क्षतिपूर्ति प्राप्तिका लागि दूतावासले कानुन व्यावसायीको मद्दत लिएर आवश्यक कार्य अगाडि बढाएको र सोही प्रयत्नको फलस्वरुप क्षतिपूर्ति, बिमा, बाँकी तलब, सेवापश्चात पाउने रकम सम्बन्धित कम्पनीमार्फत प्राप्त सहयोग जुटाएको जनाएको छ । ।

Comments

comments

LEAVE A REPLY