अन्तरमावि राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता बर्दियामा सुरु

0
137

काठमाडौ, २७ माघ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारासहित अन्तर माध्यामिक विद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको नवौं संस्करण बर्दियाको पदनाहमा रहेको पाञ्चजन्य माध्यामिक विद्यालयमा हिजोदेखि सुरु भएको छ । राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता नेकपा एमाले केन्द्रिय कमिटीका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री बामदेव गौतमले उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटन गर्दै नेकपा एमाले उपाध्यक्ष तथा पुर्व गृहमन्त्री बामदेव गौतमले खेलकुद स्वास्थ्यका लागि मात्र नभई देशकै प्रतिष्ठाको विषय भएकाले सक्षम खेलाडी उत्पादन गर्न विद्यालय स्तर नै उत्तम रहेको बताउनुभयो । खेलकुद क्षेत्रले स्थानीय क्षेत्रको मात्र नभई देशलाई चिनाउने, अन्तर्राष्ट्रिय स्तरमा चिनाउने भएकाले खेलकुद क्षेत्रको विकासमा सबै जना एकजुट हुनुपर्ने उहाँले बताउनुभयो । जिल्ला शिक्षा कार्यालय बर्दियाका निमित्त प्रमुख जिल्ला शिक्षा अधिकारी निलकण्ठले हरेक वर्ष आयोजना भइरहेको प्रतियोगीताले खेलाडी उत्पादन गर्नमा सहयोग पुग्ने बताउनभयो । प्रतियोगीताको उदघाटन सत्रमा विभिन्न विधालयका विद्यार्थीहरुले मार्च पास गरेका थिए । प्रतियोगिताका औपचारीक खेल भने आजदेखि सुरु हुनेछ । प्रतियोगितामा बर्दियाका ७० वटा सरकारी तथा निजी विद्यालयले सहभागिता छ । प्रतियोगीतामा भलिबल, कबड्डी, दौड, रिले दौड, हाइजम्प, लङ्गजम्प, सटफुट, कराते तेक्वान्दो, उसु खेल रहेको छ। उसु खेलमा छात्र र छात्रा गरी झन्डै २ हजार ५ सय खेलाडीको सहभागिता रहने जिल्ला खेलकुद विकास समितिका अध्ययक्ष खगे्रन्द्र खनालले जानकारी दिनुभयो । जिल्ला खेलकुद विकास समितीको आयोजना तथा पाञ्चजन्य माध्यामिक विद्यालय पदनाहाको सहआयोजनामा सुरु भएको राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता फागुन २ गतेसम्म चल्नेछ । बर्दियाका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकको सहभागिता जिल्ल्ला स्तरिय प्रधानाध्यापक बैठकबाट पदनाहामा नवौं संकरणको राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आयोजन गर्ने निर्णय गरिएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here