अन्य मुलुक हरुकै तुलनामा नेपालमा स्वास्थ्य उपचार सेवा उपलब्ध छ ः डा कार्की

0
117

विराट मेडिकल कलेज एण्ड टिचिंग हस्पीटल प्रालिका अध्यक्ष डा ज्ञानेन्द्रमान सिंह कार्कीले अन्य मुलुक हरुकै तुलनामा नेपालले स्वास्थ्य उपचार क्षेत्रमा फड्को मारेको बताउनुभएको छ । विएफएमको साप्ताहीक कार्यक्रम स्वास्थ्य सरोकारको आज प्रसारित पहिलो श्रृखलामा कुराकनी गर्दै डा. कार्कीले यस्तो बताउनु भएको हो । अध्यक्ष कार्कीले नेपालका स्वास्थ्य संस्थाहरुले विदेशमा मात्र गुणस्तरीय उपचार हुन्छ भन्ने भ्रम चिर्दै गएको बताउनु भयो । उहाँले अमेरीका, चिन, भारत लगायतकै तुलनामा नेपालमै गुणस्तरीय तथा सुविधा सम्पन्न स्वास्थ्य उपचार सेवा सुरुभएको दावी गर्नुभयो । उहाँले नेपालमा सञ्चालीत स्वास्थ्य संस्थाले गुणस्तरीय उपचार सेवा प्रवाह गरेर अन्य मुलकलाइ समेत समेत चुनौति दिन थालेको बताउनुभयो । अध्यक्ष कार्कीले केहि वर्ष पहिले पूर्वाञ्चलका विरामिहरु स्वास्थ्य संस्थाको अभावमा राजधानी काठमाण्डौ र भारतका विभिन्न शहरमा जानुपर्ने अबस्थाको अहिले अन्त्य भएको बताउनु भयो । उहाँले अहिले पूर्वाञ्चलमै ३ वटा मेडिकल कलेज र विभिन्न स्वास्थ्य संस्थाहरुले गुणस्तरीय उपचार सेवा प्रदान गर्नथालेपछि अन्यत्र धाउनुपर्ने वाध्यताको अन्त्य भएको दावी गर्नुभयो ।

Comments

comments

LEAVE A REPLY