अपराध नियन्त्रण गर्न प्रहरीको तीन महिने कार्ययोजना

0
120

ओखलढुंगा, २२ चैत । ओखलढुंगामा अपराध नियन्त्रण गर्न प्रहरीले तीन महिने कार्ययोजना निर्माण गरेको छ । प्रहरी प्रधान कार्यालयको निर्देशन अनुसार जिल्ला प्रहरी कार्यालयले तीन महिने कार्ययोजना निर्माण गरेको हो । जिल्ला स्तरमा सरोकारवाला निकायका प्रमुखहरुसँग अन्तक्र्रिया गरेर आएका सुझावका आधारमा योजना निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख डीएसपी अनन्तराम शर्माले जानकारी दिनुभयो । योजना अनुसार जिल्लाका सबै प्रहरी इकाइहरुले वैशाख महिनाको हरेक आइतबार बलात्कार तथा अन्य जघन्य अपराध र कानुनी कारवाहीका बारेमा जनचेतनामूलक कार्यक्रम चलाउने, जेठ महिनामा अपराध अनुसन्धान र तेस्रो महिना असारमा जवरजस्ती करणी तथा उद्योग मुद्दाका साक्षी र पीडितको सुरक्षाका विषयमा कार्यक्रम सञ्चालन गर्ने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । प्रहरीले निर्माण गरेको कार्ययोजनाका बारेमा बोल्दै जिल्ला न्यायाधीश कैलाश केसीले सभ्य समाज निर्माणमा जुट्नु सबैको दायित्व भएको बताउनुभयो । उहाँले बलात्कारजन्य अपराधका मुद्दाहरु पहिले सहमति र विवाद बढेपछि मात्रै उजुरी गर्ने परम्पराको विकास हुन थालेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । केसीले यस्ता प्रकृतिका अपराध अनुसन्धानमा सचेतता पूर्वक लाग्न सुझाव दिनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here