Tune to BFM 91.2|Biratnagar

अपरिचित व्यक्तिलाई गाउँ प्रवेशमा रोक

विराटनगर, १३ चैत । कोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई नै त्रसित पारिरहेको छ । पछिल्लो समय नेपालमा ३ जनामा यसको संक्रमण पुष्टि भैसकेको छ ।

अहिले सम्म नेपालमा तिन जनालाई कोरोनाको संक्रमण देखिएको र एक जना उपचार पछि घर फर्किएका छन भने दुई जनाको टेकु अस्पतालमा आईसोलेसनमा राखेर उपचार भैरहेको छ । देशका विभिन्न ठाउँमा संकास्पद व्यक्तिहरूको नमुना परिक्षण पनि भइरहेको छ ।

सरकारले ११ गते देखी १८ गते सम्मकालागी देशभरि लागि लकडाउन गरेको छ । सर्वसाधारणले यसको खासै पालना गरेको देखीएको छैन । तर यता मोरङको बुढिगंगा गाउँपालिका वडा नं. १ लालिगुरासँ टोलका युवाहरूले भने अपरिचित व्यक्तिलाई गाँउ प्रवेशमा रोक लगाएका छन् ।

बाटो छेकेर प्रवेश निशेध लेखेर बाटो छेकिएको छ । कोरोनाको त्रास वढेसँगै अपरिचित व्यक्ति प्रवेश गर्नाले झन खतरा हुने भएकाले यसो गरिएको स्थानिय सुरेश मण्डलले बताउनुभयो । संभावित हुने जोखीम बाट बच्न लालीगुरासँ टोल प्रवेश गर्ने सबै ठाउँमा यस्तो गरिएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button