अपाङ्गता भएका व्यक्तिहरुको हेरचाहमा समस्या

0
30

विराटनगर २१ साउन । अपाङ्गता भएका व्यक्तिहरुको हेरचाहमा समस्या हुने गरेको भन्दै अभिभावकहरुले गुनासो गरेका छन् । उनीहरुको संरक्षणका लागि राज्य स्तरबाट केहीपनि हुन नसकेको उनीहरुको भनाई छ । अति अशक्त र पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरुको अभिभावकहरुका लागि राष्ट्रिय अपाङ्ग महासंघ जिल्ला समन्वय समिति मोरङले महिला तथा बालबालिका कार्यालयको सहयोगमा आयोजना गरेको हेरचाह संवन्धि जिल्ला स्तरिय तालिममा सहभागि भएका अभिभावकहरुले सो कुरा बताएका हुन । उर्लाबारीका राजकुमार लिम्वुले अपाङ्गता भएका व्यक्तिहरुको हेरचाहमा समस्या हुने गरेको भन्दै हरेक नगरपालिका तथा गाउँपालिकाहरुमा संरक्षण गृहको आवस्यकता रहेको बताउनुभयो । विराटनगरकी सुधा सुवेदीले हरेक सरकारी कार्यालयहरुमा दोभाषेको व्यवस्था हुनुपर्ने बताउनुभयो । सरकारी कार्यालयमा दोभाषेको व्यवस्था नहुँदा संवन्धित व्यक्ति समक्ष कुरा राख्न समस्या हुने गरेको बताउनुभयो । रतुवामाई नगरपालिकाका दिलिप सिंहले अभिभावकहरुलाई दोभाषे तालिमको व्यवस्था हुनुपर्ने बताउनुभयो । कार्यक्रममा महिला तथा बालबालिका कार्यालयकी प्रमुख महिला विकास अधिकृत दुर्गा भण्डारी वरालले आर्थिक आत्मनिर्भर बढ्ने खालको कार्यक्रम गर्न आवस्यक रहेकोमा जोड दिनुभयो ।

Comments

comments

LEAVE A REPLY