अफ्रिकन युनियनद्धारा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माफी माग्नु पर्ने माग

0
172

काठमाडौं, २९ पुस । अफ्रिकी देशहरुको संगठन अफ्रिकन युनियनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माफी माग्नु पर्ने माग गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले ओभल अफिसमा भएको बैठकमा आप्रवासी मुद्दासँग सम्बन्धित रहेर हाइटीसहितका अफ्रिकी देशलाई ‘सितहाल’ अर्थात दरिद्र, निच वा अपवित्र देश रहेको बताउनुभएको खबर बाहिर आएपछि सर्वत्र विरोध भइरहेको छ । यहि बिचमा अफ्रिकन युनियनले ट्रम्पले माफी माग्नु पर्ने माग गरेको हो । वासिङ्टन डिसीमा रहेको अफ्रिकन युनियनको मिसनले ट्रम्पको भनाईबाट आफूलाई धक्का लागेको बताएको छ । यस्तै आफूहरु निराश र आक्रोशित रहेको पनि अफ्रिकन युनियनको मिसनले बताएको बिबिसीले उल्लेख गरेको छ । आप्रवासी सम्बन्धी विषयमा छलफल गर्न बिहीबार भएको बैठकमा ट्रम्पले हाइटीसहितका अफ्रिकी देशलाई सिटहोल भन्दै त्यस्ता देशका नागरिक अमेरिकामा नचाहिएको बताउनुभएको थियो । ट्रम्पले भने ट्वीट मार्फत आफूले त्यस्तो नभनेको दाबी गर्नुभएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here