अफ्रिकी मुलुक स्वाजील्याण्डको नाम परिवर्तन

0
119

काठमाडौं, ७ वैशाख । अफ्रिकी मुलुक स्वाजील्याण्डको नाम परिवर्तन गरिएको छ । त्यहाँका राजा मस्वाती तृतीयले देशको नाम परिवर्तनको घोषणा गरेका हुन् ।राजा मस्वातीले देशको नाम बदलेर ‘द किंगडम अफ इस्वातिनी’ राखिएको घोषणा गरेका छन् । देश स्वतन्त्रताको ५० वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा राजाले देशको नाम बदलिएको अप्रत्याशित घोषणा गरेका हुन् । इस्वातिनीको अर्थ स्वाजीहरुको भूमि भन्ने हो । राजा मस्वातीले देशको नाम परिवर्तनको घोषणा अहिले गरे पनि उनी यसअघि नै स्वाजील्याण्डलाई इस्वातिनी नै भन्ने गर्दथे । सन् २०१७ मा संयुक्त राष्ट्रसंघमा सम्बोधन गर्दा, सन् २०१४ मा संसदको उद्घाटन गर्दा पनि उनले यही नामले सम्बोधन गरेका थिए । देशको नाम फेरिएकामा रुष्ट बनेकाहरु भने राजाको ध्यान देशको नाम फेर्नेतिर भन्दा मुलुकवासीको विकास र सम्मृद्धिमा जानुपर्ने टिप्पणी गरेका छन्

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here