अबको दशक आर्थिक सम्वृद्धि र विकासको दशक :पुष्पकमल दाहाल

0
92

विराटनगर, २७ जेठ ।नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अबको दशक आर्थिक सम्वृद्धि र विकासको दशक हुने बताउनुभएको छ । उद्योग संगठन मोरङको ४६ औं वार्षिक साधारणसभालाई आज विराटनगरमा सम्बोधन गर्नुहँुदै उहाँले अवको दशकलाई आर्थिक सम्वृद्धिको दशक बनाउन सबैले साझा संकल्प गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । उहाँले प्रमुख राजनीति शक्तिहरुको एकताका कारण नेपालमा ठूलाठूला परिवर्तन भएकाले राष्ट्रको आवश्यकताअनुुसार आर्थिक विकास र सुशासनका लागि दलहरुबीच एकता कायम हुनुपर्ने बताउनुभयो । अध्यक्ष दाहालले नयाँ संविधान आएसँगै सबै तहको निर्वाचन सम्पन्न भइसकेकाले अबको एकमात्र एजेन्डा विकास र समृद्धि भएको उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले अबको पाँच वर्षसम्म यो सरकार परिवर्तन नहुने भन्दै अबको पाँच वर्षभित्र विकास निर्माणको नयाँ इतिहास निर्माण गर्न सरकार अघि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष विनोदबहादुर श्रेष्ठ, मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडालगायतका उद्योगीहरुले मुलुकको विकासका लागि दलहरुबीच साझा एजेन्डा हुनुपर्नेमा जोड दिनुभयो ।
…………………

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here