अमेरिकाद्वारा इरानमाथि थप नाकावन्दी

0
115

बैशाख २८ । अमेरिकाले इरानमाथि थप नाकावन्दी लगाएको छ । इरानसँगको आणविक सम्झौताबाट पछि हटेलगत्तै अमेरिकाले थप नाकाबन्दी लगाएको हो । इरानको इस्लामिक रिभोलुसन कर्पस् निकट ३ वटा कम्पनी र ६ जना व्यक्तिमाथि अमेरिकाले प्रतिबन्ध लगाएको उल्लेख गरेको छ । अमेरिकी अर्थमन्त्री स्टेभेन मनु चिनले आपराधिक क्रियाकलापमा संलग्न सो समुहलाई हजारौं डलर सहयोग गरिरहेकाले सो हरुमाथि प्रतिबन्ध लगाइएको बताउनुभयो । इरानको केन्द्रीय बैंकलाई समेत सो समुहलाई सहयोग गरेको आरोप लगाइएको छ । यो प्रतिबन्धसँगै अब कुनै पनि अमेरिकीले ती व्यक्ति वा संस्थासँग व्यापार गर्न पाउने छैनन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here