अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप

0
235

काठमाण्डौं, ३ बैशाख । इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकी नेतृत्वमा सिरियामा भएको आक्रमणबाट वासिङ्टनको आतङ्ककारीसँग प्रत्यक्ष सम्बन्ध भएको प्रमाणित भएको आरोप लगाउनुभएको छ । हसनले सो दाबी गर्नुभएको तास्निम समाचार समितिले सोमबार जानकारी दिएको छ । अमेरिकनले पूर्वी गुटाबाट आतङ्ककारी हटाएकोले उनीहरुको अमेरिकासँग सम्बन्ध रहेको देखिन आएको राष्ट्रपति रुहानीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्तामा बताउनुभएको छ । अमेरिकाले हाल सिरियामा गरेको आक्रमण अन्तरराष्ट्रिय कानूनको विपरीत भएको र अमेरिका अन्तरराष्ट्रिय जगतलाई जवाफ दिन सक्षम नदेखिएको रुहानीले बताउनुभएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here