अमेरिकाले उत्तर कोरियालाई परमाणु क्षेप्यास्त्र कार्यक्रमका लागि उक्साएको आरोप

0
37

काठमाडौं, १५ मंसिर । रुसका विदेशमन्त्री सर्गेइ लाभ्रोभले अमेरिकाले उत्तर कोरियालाई परमाणु क्षेप्यास्त्र कार्यक्रमका लागि उक्साएको आरोप लगाएका छन् । संयुक्त राष्ट्रसंघका निम्ति अमेरिकी राजदूतले उत्तर कोरियासंग सम्बन्ध विच्छेद गर्न गरेको आग्रहलाई उहाले अस्वीकार गरेको जनाएका छन् । उनले भने रुस उत्तर कोरियासँग वार्ताको माध्यमबाट समस्या समाधान गर्न चाहन्छ । आर्थिक प्रतिबन्धले उत्तर कोरियालाई मनाउन सघाउने काम गर्दैन । अमेरिकाले भने उत्तर कोरियाले परमाणु कार्यक्रम नरोके ठूलो क्षति व्यर्हाेनु पर्ने चेतावनी दिँदै आएको छ । वुधबारमात्रै उत्तर कोरियाले अहिले सम्मकै ठूलो बेलिस्टिक मिसाइल परिक्षण गरेको दावि गरेको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here