अमेरिकाले पाकिस्तानलाई अर्बाै डलर सहयोग गरिरहे पनि धोका दिएको ट्रम्पको आरोप

0
182

काठमाडौं, १८ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानले धोका दिएको आरोप लगाएका छन् । राष्ट्रपति ट्रम्पले पछिल्लो १५ वर्षमा अमेरिकाले पाकिस्तानलाई अर्बाैं डलरको सहायता गरेको तर उसले अमेरिकालाई धोका दिएको आरोप लगाएका हुन् । उहाले ट्वीट गर्दै पाकिस्तानलाई आर्थिक सहायता दिनु मुर्खतापूर्ण निर्णय भएको बताएका छन् । ट्वीटमा उनले पछिल्ला १५ वर्षमा अमेरिकाले ३३ अर्ब डलर भन्दा बढी आर्थिक सहायता दिएको तर पाकिस्तानले त्यसको बदलामा धोका, झुठ र छल बाहेक केही नदिएको उल्लेख गरेका छन् । राष्ट्रपति ट्रम्पले पाकिस्तानले अफगानिस्तानका आतंकवादीलाई आश्रय दिएको आरोप पनि लगाएका छन् । यसैबीच पाकिस्तानका विदेश मन्त्री ख्वाजा आसिफले भने अमेरिकी राष्ट्रपति ट्रम्पको ट्वीटको जवाफ चाँडै दिने बताएका छन् । उनले ट्वीट गर्दै आफूहरुले विश्वलाई साँचो कुरा बताइदिने तथा तथ्य र कल्पनाबीचको फरक पनि बाहिर ल्याउने उल्लेख गरेका छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here