अमेरिकाले रुसको प्रतिकार गर्न आणविक बम विकास गर्ने

0
95

काठमाडौं, २१ माघ । अमेरिकी सेनाले रुसको प्रतिकार गर्न अमेरिकी परमाणविक अस्त्र विविधिकरण गर्ने र नयाँ साना आणविक बमहरु विकास गर्ने प्रस्ताव गरेको छ । पछिल्लो धारणा न्यूक्लियर पोस्चर रिभ्यू ुएनपीआर भनिने पेन्टागनको योजना दस्तावेजमा सार्वजनिक गरिएको हो । ठूलो आकारका अमेरिकी परमाणु अस्त्र प्रयोगमा ल्याउन मुश्किल भन्ने मस्कोको धारणाप्रति अमेरिकी सेना गम्भीर भएको बताइएको छ । साना अस्त्रको निर्माणले मस्कोको धारणालाई चुनौती मिल्ने उसको तर्क छ । अमेरिकी उप रक्षामन्त्री प्याट्रिक शनाहनले वाशिङटनमा सञ्चारकर्मीहरुसँग भने, हाम्रो अस्त्र भण्डार अर्थहीन हुन दिन सक्दैनौं । सन २०१० पछि अमेरिकी सेनाले पहिलोपटक भावी दिनमा परमाणविक अस्त्रको जोखिमबारे अवधारणा पत्र तयार पारेको छ । प्रस्तावित रणनीतिक कार्यले अहिले नै ठूलो मात्रामा रहेको अमेरिकाको अस्त्र बढाउने नभै विद्यमान वार हेडुहरुको पुनस्व्यवस्थापन गर्ने बताइएको छ । त्यसो भएपनि आलोचकहरुले आणविक निशस्त्रीकरणको मर्मलाई ट्रम्प प्रशासनले चुनौती दिएको आरोप लगाएका छन । सो दस्तावेजमा उत्तर कोरिया, चीन र इरानका परमाणु अस्त्र प्रति अमेरिकाको गम्भीर चासो रहेको उल्लेख गरिएको बीबीसीले जनाएको छ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here