अमेरिकासँगको वार्ताका लागि तयार रहेको उत्तर कोरियाको भनाइ

0
69

जेष्ठ ११ ।उत्तर कोरियाले अमेरिकासँगको वार्ताका लागि अझै पनि तयार रहेको स्पष्ट पारेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरका नेता किम जोङ्ग उनसँगको वार्ता रद्द गरेपनि उत्तरले वार्ताका लागि तयार रहेको प्रतिक्रिया दिएको हो । उत्तरका उप विदेशमन्त्री किम केय ग्वानले अमेरिकी निर्णय अत्यन्त खेदजनक रहेको उल्लेख गर्नुभएको छ । अमेरिकी राष्ट्रपतिले उत्तरको पछिल्लो शत्रुतापुर्ण व्यवहार वार्ता रद्द हुनुको प्रमुख कारण रहेको उल्लेख गर्नुभएको बीबीसीले जनाएको छ । सो वार्ता भएको खण्डमा अमेरिकी र उत्तरका सर्वाेच्च नेताको पहिलो भेट हुने थियो । १२ जुनमा सिंगापुरमा हुने वार्तामा आणविक निशस्त्रिकरण र कोरियाली प्रायद्धिपमा जारी तनाव कम गर्ने आशा गरिएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here