अमेरिकासँग रूसले लियो बदला, ६० कुटनीतिज्ञ निस्कासित

0
63

काठमाडौ, १६ चैत ।रुसले अमेरिकाका ६० कुटनीतिज्ञलाई निस्कासित गरेको छ । साथै सेन्ट पिटर्सवर्गको कन्सुलेट सेवा बन्द गर्ने निर्णय पनि रुसले गरेको छ । अमेरिकी कुटनीतिज्ञहरुलाई रुस छाड्न एक हप्ताको समय दिइएको बीबीसीले जनाएको छ । बेलायतमा एक पूर्व रुसी जासुस सर्गेई स्किपल र उनकी छोरी युलियालाई विष प्रयोग गरी हत्या गर्न खोजेको मामलामा अमेरिकाले गरेको कारवाहीको जवाफमा रुसले पनि सोे निर्णय गरेको हो । यसअघि अमेरिकाले ६० रुसी कुटनीतिज्ञलाई निस्कासित गरेको थियो भने सिएटलस्थित रुसी वाणिज्य दूतावास बन्द गर्ने निर्णय गरेको थियो । विष प्रकरणमा रुसले नर्बेका एजेन्टमाथि कारवाही गरेपछि अहिले बदलास्वरुप एकअर्का देशका राजदूतहरुलाई निस्कासन गर्ने श्रृंखला नै चलेको छ । रुसी विदेशमन्त्री सर्गेइ लाभरोवले रुसी कुटनीतिज्ञलाई निस्कासित गर्ने देशहरुलाई समान जवाफ दिइने बताएका छन् । उनले जवाफी कारबाहीबारे अमेरिकालाई जानकारी गराइसकेको पनि बताएका छन् । रुसले अमेरिकी राजदूतहरुलाई निस्कासित गरेपछि अमेरिकाले कडा प्रतिक्रिया जनाएको छ

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here