26.9 C
Biratnagar, NP
Sunday, December 17, 2017
Home National अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा एफबीआईको कडा आलोचना

अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा एफबीआईको कडा आलोचना

0
30

मंसिर १८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै मातहतको अनुसन्धान निकाय ‘फेडेरल ब्यूरो अफ इन्भेष्टिगेसन’ ९एफबीआई०को कडा आलोचना गरेका छन् ।राष्ट्रपति ट्रम्पले एफबीआईको प्रतिष्ठा चूर्ण–चूर्ण भएको भन्दै निन्दा गरेका हुन् ।अमेरिकी निर्वाचनमा रुसी हस्तक्षेपबारेमा स्पेशल काउन्सिलर रोबर्ट मूलरले अनुसन्धान गरिरहेका बेला ट्रम्पले आलोचना गरेका हुन् । एफबीआईका पूर्व निर्देशक जेम्स कूमीसँग आफ्ना शीर्ष सहयोगी माइकल फ्लिनमाथिको अनुसन्धान रोक्न कुनै आदेश नदिएको पनि उनले जिकिर गरे ।चुनाव जित्नका लागि आफ्नो प्रचार टिमले रुससँग साँठगाँठ गरेको आरोपको पनि उनले ठाडै अस्वीकार गरे ।

एफबीआईका पूर्व निर्देशक मूलरको नेतृत्वमा भइरहेको अनुसन्धानमा एफबीआईका एक अफिसरले ट्रम्पविरोधी पत्र पठाएकामा मूलरले उनलाई हटाइदिएका थिए । आफ्नो सजाय कम गर्नका लागि मूलरको अनुसन्धानमा सघाउने भन्दै फ्लिनले अघिल्ला बयानमा आफूले झूठो बोलेको वक्तब्य दिएपछि ट्रम्प एफबीआईप्रति नै आक्रोशित बनेका हुन् ।

यसक्रममा

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Play BFM ON AIR...