अयोध्यापुरीमा पुरातत्व विभागले उत्खनन गर्ने

विराटनगर, ३१ असार । सरकारले पर्साको ‘अयोध्यापुरी’ मा पुरातात्विक तथ्य पत्ता लगाउन अब उत्खनन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा अ‍ेलीले अयोध्यापुरी नै सक्कली ‘अयोध्या’ भएको बताएपछि पुरातत्व विभागले चासो बढाएको छ ।

अब त्यहाँ अध्ययन र पुरातात्विक खोज सुरु गर्ने विभागको तयारी रहेको छ । निर्देशन आउनासाथ हामी अयोध्यापुरीमा उत्खननको लागि प्रक्रिया अघि बढाउने एक अधिकारीले बताएकाछन । प्रधानमन्त्रीले बोल्नुभएपछि यसबारे अनुसन्धान गर्नैपर्ने अवस्था आएको छ ति अधिकारीले बताएकाछन ।’

विभागका अनुसार अयोध्यापुरीको उत्खनन अघि बढाउन थप बजेट चाहिन्छ । हाल विभागसँग भएको बजेटबाट काम अघि बढाउन नसक्ने भएकाले थप बजेटको व्यवस्था गरेर अयोध्यापुरीका क्षेत्रमा अध्ययन अनुसन्धान र प्रमाणहरुको संकलनको काम गर्न सकिने बताइएको छ ।

अहिले बाहिर आएका प्रमाणहरु आप्रामणिक रहेको भन्दै विभागका अधिकारीहरुले अयोध्यापुरीमा उत्खनन गरेपछि मात्रै भगवान रामको ‘जन्मभूमि’ थियो की थिएन भन्ने स्पष्ट हुने छ । हाल अयोध्यापुरी क्षेत्रमा वाल्मीकि आमश्र रहेको छ ।

त्यहाँ रहेको एउटा गुफासहित विभिन्न पुराना सम्पदालाई श्री रामसँग जोडेर चर्चा गर्ने गरीन्छ । स्थानीय तहले पर्यटन प्रवद्र्धनका लागि बजेट दिने गरेको छ तर यो क्षेत्रको पुरातात्विक महत्वबारे अहिलेसम्म खोज अनुसन्धान भने भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button