अरुण तेश्रोका अमजदुरले ज्याला पाएनन्

0
101

संखुवासभा, ५ चैत । संखुवाुसभाको अरुण तेस्रो प्रवेश मार्गमा कार्यरत मजदुरले ६ महिनादेखि ज्याला नपाएको गुनासो गरेका छन् । लुम्बिनी, एमके सिह एण्ड ब्रदर्श जेभीले मजदुरलाई ज्याला नदिएको हो । छ्याङ्कुटी देखि दिदिङको पुखुवासम्म निर्माणाधिन सडकमा काम गर्ने १ सय ५० जना मजदुरले ज्याला नपाएका हुन् । ठेकेदार कम्पनीले काम लगाएर ज्याला नदिएको मजदुर कमल राईले बताउनु भयो । उहाका अनुसार काम गरेदेखि ठेकेदारले रकम दिएका छैनन् । एक जना मजदुरले कम्तिमा पनि ६० हजार देखि ९० हजारसम्म रकम दिन बाँकी रहेको उहाले बताउनु भयो । ज्याला नपाएपछि एकसाता देखि मजदुरले काम छाडेका छन् । उनीहरु ठेकेदारसंग ज्याला माग्दै सदरमुकाम खाँदबारी आएका छन् । रकम नपाएपछि सडकको काम पनि ठप्प भएको छ । यहाँ काम गर्न खोटाङ, उदयपुर, दोलखा लगायतका जिल्लाबाट मजदुर आएका छन् । सडक निर्माणको लुम्बिनी, एमके सिह एण्ड ब्रदर्श जेभीले पेटी ठेकेदारलाई काम गर्न लगाएको मजदुरको आरोप छ । ज्याला नपाएपछि सरोज, टिकाराम र लक्ष्मण राईको टोली घर फर्किसकेका छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here