अवैध मदिरा बरामद

0
65

मोरङ, जेष्ठ २० गते । ईलाका प्रहरी कार्यालय रानीले शनिबार दुई सय पचास लिटर घरेलु तथा तीन सय बोतल विभिन्न ब्राण्डका अवैध नेपाली मदिरा बरामद गरेको छ। ूअवैध मदिरा नियन्त्रण अभियान” अन्तर्गत सो कार्यालयबाट खटिएको टोलीले शनिबार दिउँसो २ देखी ४ बजेसम्म विराटनगर–१८ तथा जहदा–१ हरिनगरा बस्तीका होटल, भट्टीहरुबाट अवैध रुपमा चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा सो स्थानमा घरेलु मदिरा उत्पादन, बिक्रि बितरण गरेको पाईएपछि दुई सय पचास लिटर तयारी रक्सी र दुई हजार लिटर कच्चा पदार्थ (जाँड) सहित रक्सी बनाउन प्रयोग हुने ५५ थान भाँडाकुडा जफत गरिएको उक्त कार्यालयले जनाएको छ। त्यसैगरी सोही कार्यालयबाट खटिएको टोलीले भारततर्फ लुकाई छिपाई लैजादै गरेको नेपाली वियर, गोल्डेनग्लोब, रोवलस्टोक, उमङ नाम गरेको मदिरा तीन सय बोतलसमेत बरामद गरी राजश्व अनुसन्धान विभागमा बुझाउने तयारी भईरहेको उक्त कार्यालयले जनाएको छ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here