अवैध सामान बरामद

0
298

रंगेली, १० पुष
ईलाका प्रहरी कार्यालय रंगेलीले भन्सार छलेर नेपाल भित्रयाएको करिव ५ लाख मुल्य बरावरको अबैध सामान बरामद गरी सार्वजनिक गरेको छ । तस्करहरुले अबैध रुपमा बि.आर ३८ टि.सि ००६४ र डि.एल.३ एस बि.आर. ३८२३ नम्बरको मोटरसाइकलमा भन्सार छलेर नेपाल भित्रयाएको रेडीमेट कपडा सहित सो मुल्य बरावरको सामान प्रहरीले बरामद गरी सार्वजनिक गरेको हो । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक संजिवबाबु खड्काका अनुसार प्रहरीको विषेश टोलीले चोप्राह नाकाबाट रंगेली ल्याउदै गरेको अवस्थामा सो सामान बरामद गरेको बताउनु भयो । बरामद गरेको सामाग्री विराटनगर भन्सार कार्यालयमा बुझाउने प्रहरीले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here