अश्लील क्रियाकलापमा संलग्न पाँच पक्राउ

0
145

सुनसरी, जेष्ठ ३० गते। सुनसरीको ईटहरी उपमहानगरपालिका ६ खेतीखोलाबाट प्रहरीले अश्लील क्रियाकलापमा संलग्न पाँच युवाहरुलाई नियन्त्रणमा लिएको छ। कोठा भाडामा लिई यौनजन्य क्रियाकलाप संचालन गर्ने गरेको आरोपमा प्रहरीले ईटहरी बस्ने तीन युवती तथा मोरङका दुई युवाहरुलाई इलाका प्रहरी कार्यालय इटहरीले हिजो साँझ नियन्त्रणमा लिएकोहो । पक्राउ परेका युवतीहरुले स्थानीय बिष्णु आचार्यको घर भाडामा लिई यौनजन्य गतिविधी संचालन गर्ने गरेको भन्ने विशेष सुचना पाएपछि उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ।
यता सुनसरीको ईटहरी उपमहानगरपालिका ९ स्थित सेन्टर क्यापिटल ट्रेनिङबाट टर्की पठाई दिने भन्दै अन्तरवार्ता लिदै गरेका एक बिदेशीसहित सात नेपालीलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ। श्रम स्वीकृती बिनै टर्की पठाई दिन्छु भन्दै नेपाली युवाहरुलाई फारम भर्न लगाई अन्तर्वाता लिदै गरेको अवस्थामा टर्किस नागरीक अदिन रोजकरसहित सात जना नेपालीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here