आँखा रोग विशेषज्ञ रुइत भारतको पद्म श्री पदकबाट सम्मानित

0
305

काठमाडौं, २० चैत । आँखा रोग विशेषज्ञ तथा डाक्टर सन्दुक रुइत भारत सरकारको सम्मानित पद्म श्री पदकबाट सम्मानित हुनु भएको छ । सोमबार दिल्लीमा एक विशेष समारोहकाबीच भारतीय राष्ट्रपति रामनाथ कोविन्दले डाक्टर रुइतलाई पद्म श्री पुरस्कारबाट सम्मानित गरेका हुन् । गएको माघ महिनामा स्वतन्त्रता दिवसको अवसरमा घोषणा गरिएको सम्मान तथा पदकको सूचीमा डाक्टर रुइतलाई आँखाको उपचारमा र्पुयाएको योगदानको कदर गर्दै पद्म श्री पुरस्कारबाट सम्मान गर्ने निर्णय भएको थियो । डाक्टर रुइतको नेतृत्वमा विकास भएको मोतिबिन्दुको उपचारको पद्धति संसारका धेरै देशमा ‘नेपाल मोडल’ का रुपमा अपनाइन्छ । यस्तै, उहाँकै नेतृत्वमा तिलगंगा आँखा अस्पतालले उत्पादन गर्ने मोतीविन्दुको उपचारमा प्रयोग गरिने लेन्स विश्वका ९० भन्दा बढी देशमा निर्यात हुने गरेको छ । डाक्टर रुइत यसअघि एशियाकै सर्वाधिक प्रतिष्ठित पुरस्कार रोमन म्यागासेसेबाट पनि सम्मानित हुनुभएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here