आँधीहुरीबाट ११ घाइते

0
98

बर्दिया, ३ जेठ । बर्दियामा आँधीहुरीबाट ११ जना घाइते भएका छन् भने करिब ३०० भन्दा बढी घरमा क्षति पुगेको छ ।

आज बिहान एक्कासि आएको आँधीहुरीका कारण गुलरिया नगरपालिका–९ को खालेपुरुहवामा आठ व्यक्ति घाइते भएका छन् । घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यहाँ २५० भन्दा बढी घरहरु क्षति भएका छन् ।

यसैगरी वडा नं १० को कालाबन्जार गाउँमा तीन जना घाइते भएका छन् । घाइतेमध्ये १३ वर्षीय बालक अजित चमारको टाउकामा गम्भीर चोट लागेको राष्ट्रिय जनता पार्टी नेपालका जिल्ला संयोजक धनेश कुमार यादवले जानकारी दिनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here