काठमाडौ, २४ चैत । इन्डियन प्रिमियर लिग (आइपिएल) को ११ औं संस्करण आजबाट सुरु हुँदैछ ।शृंखलाको पहिलो खेल चेन्नई सुपर किंग्स र मुम्बई इन्डियनबीच हुनेछ । चेन्नईको घरेलु मैदानमा हुने खेलका लागि दर्शकहरुसमेत निकै उत्साहित छन् ।आइपिएल स्पट फिक्सिङ घटनापछि दुई वर्षका लागि निलम्बित चेन्नई सुपर किंग्स यसपटक प्रतियोगितामा सहभागी भएकाले पनि चेन्नईमा हुने यो म्याच घरेलु दर्शकका लागि महत्वपूर्ण भएको छ । मुम्बई इन्डियन्स साविक बिजेता टिम हो । यी दुवै टिमबीचको भिडन्त निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
Must Read
आज दिउँसो १२ बजेसम्मका लागि त्रिभुवन विमानस्थल बन्द
मालिन्दो एयरको जहाज दुर्घटना भएपछि नेपालको एकमात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल आज बिहान पनि अवरुद्ध भएको छ । विदेशबाट यात्री लिएर आएका विमानहरु फर्काइएका छन्...