आइपिएल क्रिकेट ः दिल्लीलाई पराजित गर्दै हैदरावाद ‘प्ले अफ’मा

0
100

नयाँ दिल्ली, २८ वैशाख । दिल्ली डेयरडेभिल्सलाई हराउँदै सनराईजर्स हैदरावाद इण्डियन प्रिमियर लिग (आईपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटको ‘प्ले अफ’मा पुग्ने पहिलो टोली बनेको छ । दिल्लीको फिरोज शाह कोट्ला मैदानमा गएराति भएको खेलमा पराजित भएसँगै दिल्ली भने समूह चरणबाटै बाहिरिने पहिलो टोली बनेको छ । खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनायो । दिल्लीका युवा स्टार रिसभ पन्तले अविजित १२८ रन जोडे । जवाफमा १८८ रनको लक्ष्य हैदरावादले १८ ओभर ५ बलमा १ विकेट गुमाएर पुरा गर्यो । हैदरावदाका शिखर धवनले अविजित ९२ रन तथा केन विलियम्सनले अविजित ८३ रनको योगदान दिए । जितसँगै तालिकाको शीर्ष स्थानमा रहेको हैदरावादले ११ खेलबाट १८ अंक जोडेको छ । समान खेलबाट ६ अंक जोडेको दिल्ली भने तालिकाको पुछारमा समेटिएको छ । आईपिएल क्रिकेटमा आज राति राजस्थान रोयल्स र चेन्नाई सुपर किङ्स भिड्नेछन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here