आईपिएल क्रिकेट ः राजस्थान र चेन्नई विजयी

0
57

काठमाडौँ, १० वैशाख । इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा गएराति राजस्थान रोयल्स र चेन्नाई सुपर किङ्स विजयी भएका छन् । हैदरावादमा भएको खेलमा पाहुना टोली चेन्नईले सनराईजर्स हैदरावादलाई ४ रनले हरायो । खेलमा पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर १८२ रन बनायो । उसका लागि अम्बाती रायुडुले ७९ रन तथा सुरेश रैनाले अविजित ५४ रन जोडे । जवाफमा १८३ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १७८ रनमात्रै बनाउन सक्यो । हैदरावादका सुरुवाती ब्याट्सम्यान केन विलियम्सनले ८४ रन जोडे पनि टोलीलाई विजयी गराउन भने सकेनन् । आईपिएल क्रिकेटकै अर्काे खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ३ विकेटले हराएको छ । खेलमा मुम्बईले दिएको १६७ रनको लक्ष्य राजस्थानले २ बल बाँकी छँदा ७ विकेट गुमाएर पुरा गर्यो । आईपिएल क्रिकेटमा आज दिल्ली डेयरडेभिल्स र किङ्स इलेभेन पञ्जाव भिड्नेछन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here