On Air BFM 91.2|Biratnagar

आईपीएल क्रिकेटमा आज लखनउ सुपर जायन्ट्स र गुजरात टाइटन्स खेल्दै

विराटनगर , २७ वैशाख । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज लखनउ सुपर जायन्ट्स र गुजरात टाइटन्स खेल्दैछन् ।

खेल पुणेमा बेलुका पौने आठ बजे सुरु हुनेछ ।

अङ्क तालिकामा लखनउ ११ खेलमा १६ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ भने समान खेलमा गुजरात १६ अङ्कसहित रनरेटका आधारमा दोस्रो स्थानमा छ ।
लखनउ र गुजरात यो सिजनको आईपीएलमा नवप्रवेशी टोली हुन् ।

यसअघि भएको खेलमा गुजरातले लखनउलाई ५ विकेटले हराएको थियो ।

Leave a Reply

Your email address will not be published.

Call Now Button