आउँदो दुई साता भित्र प्रदेश सभाले पूर्णता पाउने

0
54

काठमान्डौँ ,पुस ९ – आउँदो दुई साता भित्र प्रदेश सभाले पूर्णता पाउने भएको छ । निर्वाचन आयोगले एक साताको समय दिदैँ दलहरुलाई प्रदेश सभा तर्फको समानुपातिक सूची बुझाउन पत्राचार गरेसँगै दुई साताभित्रै प्रदेशसभाले पूर्णता पाउने भएको हो ।प्रदेशसभामा सिट प्राप्त गर्ने ११ दललाई सात दिनभित्र प्रतिनिधिको नाम पठाउन पत्राचार गरिसकिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । प्रदेश सभा निर्वाचन ऐन अनुसार निर्वाचन आयोगले मतपरिणाम प्रदेश प्रमुखलाई बुझाउनु पर्नेछ । तर सरकारले अहिलेसम्म प्रदेश प्रमुख नियुक्त गरेको छैन ।प्रदेश सभा निर्वाचन सम्बन्धि निर्देशिकामा दलहरुलाई समानुपातिकको बन्दसूचीबाट नाम छनौटका लागि एक साताको समय दिने उल्लेख रहेको प्रवक्ता ढकालले बताउनुभयो । दलहरुले नाम पठाएपछि आयोगले दलित, जनजाती, महिला, खस आर्य लगायतका क्लष्टर मिले नमिलेको जाँच गर्नेछ ।साथै सच्याउन थप तीन दिनको समय दिनेछ । प्रदेश सभा गठनको समान्य प्रक्रियामै १० दिनको समय लाग्ने देखिएको छ ।यता, राष्ट्रियसभा गठनसम्बन्धी विवादका कारण प्रतिनिधिसभा तर्फको मतपरिणाम भने आयोगले अहिलेसम्म सार्वजनिक गरेको छैन ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here