आचारसंहिताको उल्लंघनमा बढी सक्रिय

0
56

काठमाडौं, २८ भदौ । प्रदेश नम्बर २ मा चुनाव नजिकिदै जाँदा उम्मेद्वारमा चुनाव जसरी पनि आफैले जित्नुपर्ने मनोविज्ञान झांगिदै गएको पाइएको छ । उम्मेद्वारहरु विकासका मुद्दा र एजेण्डाको बहसमा कम तर आचारसंहिताको उल्लंघनमा बढी सक्रिय देखिएका छन् । आचारसंहिता उल्लंघनको घटना बढिरहेपनि यसलाई रोक्न निर्वाचन आयोगले खासै पहल गरेको देखिएको छैन । तर अनुगमन भैरहेको आयोगको दावी छ । आचारसंहिता उल्लङघनका घटना बढेको गुनासो आएपछि सिरहा, पर्सा र जनकपुरमा चुनावी प्रसारप्रसारको लागि निकालिएर्को याली रोक्ने, पर्चा पम्प्लेटहरु नष्ट गर्ने लगायतका काम गरेको आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो । उहाँका अनुसार आजदेखि अरु जिल्लामा पनि आचारसंहिता पालना भए–नभएको अनुगमन गरिनेछ । आयोगले आचारसंहिता उल्लङघन गर्नेलाई २४ घण्टे स्पष्टिकरण सोधेर चित्तबुझ्दो जवाफ नआए, उमेद्वारी रद्द गर्नेसम्मको चेतावनी दिएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here