आचारसंहिता विपरीतका प्रचार सामग्री प्रहरीले हटाउँदै

0
65

सप्तरी, १ मंसिर । निर्वाचन आचारसंहिता विपरीत उम्मेदवारहरुले सार्वजनिक स्थलहरुमा राखेका प्रचार सामग्री स्थानीय प्रशासनले हटाउन सुरु गरेको छ । आचारसंहिता विपरीतका तुल, ब्यानर, पोष्टर र पम्प्लेट हटाउन गरिएको आग्रहलाई दलका नेता तथा उम्मेदवारहरुले अटेर गरेपछि प्रशासनले त्यसविरुद्ध कारवाही सुरु गरेको हो । हिजो सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्र चोकका प्रचार सामग्री हटाइएको छ । स्मारकलाई नै छोप्ने गरी विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरुले पोस्टर पम्पलेट, तुल र ब्यानर टाँसेपछि हटाइएको सिडिओ भागिरथ पाण्डेयले बताउनुभयो । जिल्लाका मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुंगाना, प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, प्रहरी उपरीक्षक मुकेशकुमार सिंह र सशस्त्र प्रहरी उपरीक्षक रामाधार यादवसहित सुरक्षाकर्मीहरुले तुल र ब्यानर हटाउँदै निर्वाचन आचारसंहिता पालना गर्न सबैलाई आग्रह गरे ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here