आचार संहिता उल्लंघनका सामग्री हटाइँदै

0
30

 

विराटनगर, १९ मंसिर । विराटनगर लगायत मोरङका विभिन्न ठाउँमा दलहरुले आचार संहिता उल्लंघन गरेर राखेका प्रचार सामग्री हटाउन थालिएको छ । निर्वाचन आयोगको निर्देशनमा त्यस्ता सामग्री हटाउन प्रहरीले सुरु गरेको हो । सुरक्षा अधिकारीका अनुसार दलहरुले विभिन्न ठाउँमा आचार संहिता उल्लंघन गरेर राखेका तुल व्यानर, पोष्टर पम्प्लेट र विभिन्न ठाउँमा गरिएका भित्ते लेखनहरु हटाउन थालिएको हो । विशेष गरेर त्यस्ता सामग्री हटाउनका लागि म्यादी प्रहरीको प्रयोग गरिएको छ । ठाउँ ठाउँमा म्यादी प्रहरी आचार संहिता उल्लंघन गर्दै दलहरुले राखेका प्रचार सामग्री हटाउन अहिले व्यस्त छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here