आजबाट एन्फाको फुटसल लिग सुरु हुने, १६ टोली सहभागी

0
77

बिराटनगर १४ भाद्र अखिल नेपाल फुटबल संघ एन्फाले आजबाट फुटसल लिग आयोजना गर्दैछ ।विभिन्न निजी ईभेन्ट मेनेजमेन्ट कम्पनीहरुले एकपछि अर्काे गर्दै आ–आफ्नै फुटसल लिग आयोजना गरिरहेको बेला एन्फाले आधिकारिक लिग सुरु गरेको हो ।१६ टोली सहभागी हुने फुटसल लिगको पहिलो संस्करण विजेताले ५ लाख नगद पुरस्कार हात पार्नेछ ।यही प्रतियोगिताबाट पहिलो पटक नेपालको राष्ट्रिय फुटसल टोली छनोट गरिने एन्फाले जनाएको छ । प्रतियोगिताबाट २५ खेलाडी छनोट गरी बन्द प्रशिक्षणमा राखिनेछ ।ती खेलाडीहरुबाट छानिएको अन्तिम टोलीले आगामी अक्टोबर १३ देखि २२ सम्म ईरानमा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here