आजबाट एसीसी यू–१९ क्रिकेटका सेमिफाइनल खेलहरु सुरु हुँदै

0
41

काठमाडौं, ३० कात्तिक । एसीसी अण्डर नाईन्टिन एसिया कप क्रिकेटका सेमिफाइनल खेल आजबाट हुँदैछन् । मलेसियामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज पाकिस्तान र बंगलादेश भिड्नेछन् । पाकिस्तान समूह ‘ए’ को उपविजेता टोली हो भने बंगलादेश समुह ‘बी’ को विजेता हो । यो समूहको उपविजेता नेपालले भोली हुने दोस्रो सेमिफाइनलमा अफ्गानिस्तानको सामना गर्नेछ । समूह चरणमा बंगलादेशसँग हारेको नेपालले भारत र मलेसियालाई हराउँदै पहिलो पटक युथ एसिया कप क्रिकेटको सेमिफाइनलमा पुगेको हो । उता विश्व क्रिकेटको कान्छो टेष्ट मान्यताप्राप्त मुलुक अफ्गानिस्तान समूहमा पहिलो हुँदै सेमिफाइनलमा आएको हो । पाकिस्तान, श्रीलंका र युएई सम्मिलित उक्त समूहबाट अफ्गानिस्तान र पाकिस्तान सेमिफाइनलमा पुग्दा श्रीलंका बाहिरिएको थियो । उमेर समूहका हरेक प्रतियोगिताका उपाधि दावेदारहरु नेपाल र अफ्गानिस्तानबीचको भोली हुने खेललाई निकै चासोका साथ हेरिएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here