आज एमाले –माओवादी पार्टी एकता संयोजन समितिको बैठक

0
261

काठमाडौं, २२ चैत । एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज बस्दैछ । अहीले केहीबेरपछि बालुवाटारमा बस्ने बैठकमा एकता संयोजन समितिले तयार पारेको दुईवटा प्रतिवेदनमाथि छलफल हुने छ । यो बैठकले यी प्रतिवेदन पारित गर्ने सम्भावना रहेको नेताहरुले बताएका छन् । दुवै पार्टीका कार्यदलका संयोजकले बैशाख ९ गते पार्टी एकताको घोषणा गर्न शीर्ष नेतालाई सिफारिस गरिसकेको छ ।पार्टी एकताको तयारी भइरहँदा धेरै कुरा मिलाउन र सहमति कायम गर्न बाँकी रहेकाले ती विषयमा यो बैठकमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् । एमाले र माओवादीका शीर्ष नेताले दुवै पार्टीको सम्मान अनुभव हुने गरी एकता गरिने बताउँदै आएका छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here