आज चन्द्रग्रहण लाग्ने, २ बजेर ७ मिनेटदेखि भोजन निषेध

0
116

काठमाडौं, २३ साउन । आज चन्द्रग्रहण लाग्ने भएको छ । साउन शुक्ल पूर्णिमामा राति चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । आज (राति) ११ बजेर ७ मिनेटदेखि ग्रहणले स्पर्श गर्ने समितिले जनाएको छ । राति १२ बजेर ६ मिनेटमा ग्रहणको मध्यकाल हुनेछ । १ बजेर ४ मिनेटमा मोक्षकाल अर्थात ग्रहण सकिने छ । १ घण्टा ५७ मिनेट लाग्ने ग्रहण नेपालबाट पनि देखिनेछ । चन्द्रबिम्बको दक्षिण दिशामा मात्रै कालो छायाँ देख्न सकिन्छ । छायाँ आग्नेय कोणबाट प्रवेश गरी नैऋत्य कोणबाट बाहिर निस्कन्छ । शास्त्रीय रुपमा बालक, वृद्ध र रोगी बाहेककालाई दिउँसो २ बजेर ७ मिनेटदेखि भोजन निषेध गरिएको छ ।

Comments

comments

LEAVE A REPLY