आज थारु समुदायको नयाँबर्ष माघी पर्व

0
349

विराटनगर ,माघ १ । आज थारु समुदायको नयाँवर्ष माघी धुमधामका साथ मनाउँदैछन । थारु समुदायका मानिसले आज माघ १ गतेलाई नयाँ वर्षका साथै उन्मुक्ति दिवसका रुपमा मनाउने गर्दछन् । यस अवसरमा पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुरसम्मका थारु समुदायका मानिसले स्नान, दान, एवम् खानपीन र रमाइलो गरेर माघी पर्व मनाउने गर्छन् ।सूर्य उत्तरायणमा प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष माघी पर्व पर्दछ । माघ १ गतेदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । पुसको अन्तिम दिन रातभर जाग्राम बसेर रमाइलो गरी माघीका दिन बिहानै नयाँ वर्षलाई स्वागत गर्ने गरिएको माघी पर्वको अध्ययन अनुसन्धानमा लाग्नुभएका कृष्णराज सर्वहारीले जानकारी दिनुभयो ।माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ । विवाह, यात्रा, बसाइँसराइँका लागि माघीका समयमा साइत हेर्न नपर्ने विश्वास पनि थारु समुदायमा छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here