आज दिउँसो १२ बजेसम्मका लागि त्रिभुवन विमानस्थल बन्द

0
214

मालिन्दो एयरको जहाज दुर्घटना भएपछि नेपालको एकमात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल आज बिहान पनि अवरुद्ध भएको छ । विदेशबाट यात्री लिएर आएका विमानहरु फर्काइएका छन् । डोमेस्टिक उाडन पनि बन्द भएका छन् ।गएराति काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मालिन्दो एयरको जहाज रनवेबाट चिप्लिएर चौरमा भासिएपछि उडान अवतरण ठप्प भएको हो ।रनवेबाट चिप्लिएर चौरमा पुगे पनि मानवीय क्षति भने भएको छैन । विमान नहटाइएसम्म अन्य उडान अवतरणमा कठिनाइ भएको विमानस्थल स्रोतल बतायो ।आज दिउँसो १२ बजेसम्म अन्तर्राष्ट्रिय र डोमेस्टिक दुबै उडान र अवतरण बन्द गरिएको विमानस्थल प्रशासनले जनाएको छ । तत्कालका लागि आज दिउँसो १२ बजेसम्म अन्तर्राष्ट्रिय र डोमेस्टिक दुबै उडान र अवतरण बन्द गरिएको विमानस्थल प्रशासनले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here