आज पूरक अभियोग

0
149

विराटनगर, २० असार । पाँच महिनायता संगठित रुपमा हँुदै आएको सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले छ जना विरुद्ध आज जिल्ला अदालत मोरङमा पूरक अभियोग दर्ता गर्ने भएको छ । सुन तस्करी प्रकरणको अनुसन्धाको दोस्रो चरणमा पक्राउ परेका छ जनालाई पुरक अभियोग दर्ता गरिने भएको हो । जिल्ला न्यायधिवक्ता पुन्यप्रसाद पाठकका अनुसार प्रहरी हिरासतमा रहेकाहरुलाई मुद्धा दर्ता गर्न लागिएको हो । सरकारी वकिलको कार्यालयले हिजो नै मुद्धा दर्ताको तयारी गरेको थियो । तर समय अभावका कारण आजलाई सारिएको हो । प्रहरी हिरासतमा रहेका चुडामणि उप्रेती गोरेका सहयोगी राम तिवारी, बिनोद अधिकारी, मोतीराम श्रेष्ठ, रेवन्त आचार्य, मदन सिलवाल र भुजुङ गुरुङका सहयोगी लक्षु गुरुङलाई मुद्धा दायर गरिने छ । सुन तस्करी प्रकरणमा अनुसन्धानका क्रममा बैसाख १९ गते ६३ जना विरुद्ध १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ७३ रुपैया बरावरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम अबैध रुपमा सुन आयात गरिएको दाबि सहित ‘आपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान’ मुद्धा दायर गरिएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here