आज प्रदेश १ मा प्रदेशसभाको बैठक बस्दै

0
82

बिराटनगर,१४ फागुन । प्रदेश १ को प्रदेशसभा बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा कार्य व्यवस्था परामर्श समिति निर्माण गर्ने र प्रदेशसभा सञ्चालन नियमावली मस्यौदा समिति गठन गर्ने कार्यसूची रहेको छ । सदनमा कोही पनि सांसदले आवश्यक समय लिएर मन्तव्य दिने कार्यसूची नरहेको संसद सचिवालयले जनाएको छ । कार्यव्यवस्था परामर्श समिति भने बढीमा ११ सदस्यीय हुने अन्तरिम कार्यविधिमा उल्लेख छ । संसदमा भएका सबै दलबाट १÷१ जना अनिवार्य सहभागी हुनुपर्ने व्यवस्था अनुसार समिति गठन हुने जनाइएको छ । प्रदेशसभा सञ्चालन नियमावली मस्यौदा समितिमा भने दलहरुको सहमतिमा आवश्यकता अनुसार सदस्य राख्न सकिने छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here