आज प्रधानमन्त्री देउवा मेलम्ची खानेपानी आयोजनाको निरीक्षण गर्ने

0
56

काठमाडौं, २५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गर्ने हुनुभएको छ । प्रधानमन्त्री देउवासहितको टोली केहीबेरमा हेलिकोप्टरबाट मेलम्ची जाने कार्यक्रम रहेको छ । ‘प्रधानमन्त्रीले चासो दिएर जान लाग्नु भएको हो’ खानेपानीमन्त्री महेन्द्र यादवले भने, ‘उहाँले इन्टेक ड्याम र टनेलको अवलोकन गर्नु हुनेछ ।’ मेलम्ची खानेपानी आयोजनाको पानी दशैंमा काठमाडौं ल्याउने लक्ष्य राखिएको थियो । तर, अब यो सम्भावना टरेको छ र अधिकारीहरुले आगामी पुससम्म मेलम्चीको पानी काठमाडौंमा ल्याउने प्रयास हुने बताएका छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here