आज मन्त्रिपरिषद् बैठक बस्ने
विराटनगर २ बैशाख । कोरोना संक्रमण फैलन नदिन तीन सातादेखि जारी लकडाउन लम्ब्याउनेबारे छलफल गर्न आज बिहान मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।
सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको छ । लकडाउनका बीचमा पनि संक्रमितहरु बढ्न थालेपछि सरकारले थप कडा बनाउने नीति लिन सक्ने अनुमान गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान नयाँ वर्षका अवसरमा गरेको सम्बोधनमा पनि दुई दिनको अवधिमा हुने प्रगतिका आधारमा सरकारले नीति बनाउने बताएका थिए ।
र्यापिड टेस्टमा काठमाडौंमा नै संक्रमित भेटिएपछि सरकारले थप कडा नीति लिन सक्ने अनुमान गरिएको छ ।