On Air BFM 91.2|Biratnagar

आज राती बाह्र बजे बाट धनकुटामा लकडाउन

धनकुटा ,२९ साउन । कोरोना भाईरस ( कोभिड १९ ) को पुन संक्रमण भए पछि धनकुटा जिल्लामा पुन आज राति बाह्र बजे बाट लकडाउन गरीने भएको छ ।

केहि दिन अगाडी धनकुटा जिल्ला बाट समानुपातिक सासद कुसुम श्रेष्ठ र उहाका श्रीमान नयन श्रेष्ठलाई कोरोना पोजेटिभ भए पछि उहाका सम्पर्कमा आउनु भएकाहरुलाई कन्टयाक्ट्रक ट्रेसिङ्ग गर्न र अन्यमा संक्रमण नफैलियोस भनेर आज राती १२ बजे देखि लकडाउन गर्ने निर्णय गरीएको धनकुटा जिल्ला प्रसासनले जनाएको छ ।

आज राती देखि धनकुटा नगरपालिका एरियाको वडा नं १ देखि वडा नं २ साविक भिरगाउ गाविस बाहेक वडा नं ३,४,५,६ र ७ वडा नं हरु कोशी राजमार्गको त्रिशुले देखि पात्ले खोला सम्मका क्षेत्रहरु हिले बजार, निगाले, कागते, धनकुटाका मुख्य बजार क्षेत्रहरु हुलाक टोल, तल्लोकोप्चे, माथिल्लो कोप्चे, देब्रेवास, विज बजार, सिरान बजारहरु पर्ने छन ।

धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी केशब प्रसाद विमलीका अनुसार आज रातीबाट सुरु हुने लकडाउन पुर्णत कडाईका साथ लागु गरिने र सो अवधीमा अत्यआवाश्यकीय वस्तुहरु बाहेक सम्पुर्ण बन्द रहने बताइएको छ ।

यस अघि धनकुटामा जेठ ३ गते जिल्ला अस्पतालमा एक स्वास्थ्य कर्मि महीलालाई कोरोना पोजेटिभ देखिए पछि जिल्ला अस्पाताल ५ दिन सम्म सील गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.

Call Now Button