आज र भोली कम वर्षा हुने

0
127

मुलुकभर दुईदिन वर्षा कम हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । मनसुन जारी रहेपनि न्युन चापीय रेखा केही तल झरेकाले आज र भोली मध्य र पूर्वी भेगमा हल्का वा मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । पश्चिमि भेगका केही स्थानमा मात्रै वर्षा हुने पुर्वानुमान महाशाखाको छ । पर्सी आईतबारबाट पुनः भारी वर्षा हुने र मध्यक्षेत्रमा नदीको सतह बढ्दा बाढीको सम्भावना अत्यधिक रहने मौसमविद गंगा नगरकोटीले जानकारी दिनुभयो । वर्षाका कारण नदिको सतह बढ्दा बाढिको जोखिम रहेकाले सतर्क रहन पुर्वानुमान महाशाखाको आग्रह गरेको छ । पहिरो झर्ने सम्भावना रहेका स्थानमा समेत बिशेष सर्तकता अपनाउन महाशाखाको आग्रह छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here