Tune to BFM 91.2|Biratnagar

आज २५५ जना कोरोना संक्रमित थपिए, २५३ डिस्चार्ज

विराटनगर, २४ असार । नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ । आज २ सय ५५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ६९६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको हो । नेपालमा कोरोना संक्रमण देखिएका मध्ये ३५ जनाको मृत्यु भएको छ भने ७ हजार ७ सय ५२ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा आज १७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३, झापामा ७ र सुनसरीमा २, तेर्हथुममा १, ताप्लेजुङ र इलाममा २/२ जनामा संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङको लेटाङमा एक पुरुष र धनपालथानमा २ पुरुष, झापाको मेचीनगरमा एक महिला, ४ पुरुष, विर्तामोड र हल्दिबारीमा १–१ जना पुरुष, सुनसरीको इटहरीका २ पुरुष, तेर्हथुमको लालीगुराँसमा एक पुरुष, ताप्लेजुङको फुङलिङमा एक महिला, एक पुरुष, इलामको सन्दकपुरमा २ पुरुषमा संक्रमण देखिएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय २ पुगेको छ । प्रदेश १ मा आज ४९ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत १४ जना र पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट ३५ जना डिस्चार्ज भएका छन् ।

आज डिस्चार्ज भएकामा ३९ पुरुष र १० महिला रहेका छन् । प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ५ सय २७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button