आणविक निशस्त्रीकरणमा अमेरिकाले गुण्डागर्दी शैली अपनाएको उत्तर कोरियाको आरोप ५

0
119

आणविक निशस्त्रीकरणको प्रक्रियामा अमेरिकाले गुण्डागर्दीको शैली अपनाएको उत्तर कोरियाले आरोप लगाएको छ । अमेरिकी विदेशमन्त्री माईक पोम्प्योको प्योङयाङ भ्रमण पछि उत्तरले उच्चस्तरीय वार्ताहरु अत्यन्त समस्याग्रस्त रहेको भनाई सार्वजनिक गरेको हो । उत्तर कोरियाली विदेश मन्त्रालयले जारी गरेको वक्तब्यमा अमेरिकी विदेशमन्त्रीले सार्वजनिक गरेको अभिब्यक्तिको विपरितको अवस्थाबारे उल्लेख गरिएको छ । यसअघि पोम्प्योले दुई दिनको प्योङयाङ भ्रमणमा सिंगापुर बैठकका सहमतिलाई मूर्तरुप दिने सकारात्मक प्रयास भएको बताउनुभएको थियो । आणविक निशस्त्रीकरणका लागी उत्तरको प्रतिबद्धता र प्रक्रियाका बिषयमा छलफल गर्न विदेशमन्त्री पोम्प्यो प्योङयाङ जानुभएको हो । उत्तर कोरियाली सरकारी समाचार एजेन्सी केसिएनएले सिंगापुर सम्मेलनको भावना विपरित एकपक्षीयरुपमा निशस्त्रीकरणको एजेण्डा उठाएको उल्लेख गरेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here