Tune to BFM 91.2|Biratnagar

आन्तरिक राजश्वद्धारा तीन महिनामा एक अर्ब ६३ करोड संकलन

विराटनगर, २५ कात्तिक । आन्तरिक राजस्व कार्यालय विराटनगरले चालू आर्थिक वर्ष २०७७–७८ को तीन महिनामा एक अर्ब ६३ करोड ६८ लाख २५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आवको पहिलो तीन महिनामा कार्यालयले एक अर्ब ९४ करोड ५२ लाख एक हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

औद्योगिक उत्पादनमा आएको गिरावट, लकडाउनले कारोबारमा आएको कमीलगायत कारणले लक्ष्य भेट्न नसकेको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिनुभयो । तीन महिनाको अवधिमा कार्यालयले लक्ष्यमा ८४ प्रतिशत प्रगति हासिल गरेको छ ।

असोजसम्ममा आम्दानी करमा १११ प्रतिशत र मूल्य अभिवृद्धि करमा १३७ प्रतिशत प्रगति हासिल गरेको कार्यालयले अन्तःशुल्कमा ५० प्रतिशत प्रगति गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button