आन्तरिक राजश्व कार्यालय विराटनगरको लक्ष्य ५ अर्व ४६ करोड

0
277

विराटनगर, १२ जेठ । आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७४÷०७५ मा ५ अर्व ४६ करोड राजश्व असुलीको लक्ष्य लिएको छ । राजश्व कार्यालयले आयकरबाट १ अर्व ७० करोड, मूल्य अभिबृद्धि करबाट १ अर्व २४ करोड, अन्तशुल्कबाट २ अर्व ३५ करोडको लक्ष्य लिइएको आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत दिलिपप्रसाद गौतमले जानकारी दिनुभयो । वीएफएमको साप्ताहिक कार्यक्रम साझा सरोकारमा आज विहान कुराकानी गर्दै प्रमुख कर अधिकृत गौतमले सो जानकारी दिनुभएको हो । उहाँका अनुसार कुल राजश्व मध्ये ४३ प्रतिशत कर अन्त शुल्कबाट संकलन हुने बताउनुभयो । लक्ष्य अनुसार राजश्व कार्यालय प्रगतिपथमै रहेको प्रमुख कर अधिकृत गौतमको भनाई छ । उहाँले भन्नुभयो,‘अन्त शुल्कको पनि बढी मदिराबाट संकलन हुने गरेको छ ।’ अन्त शुल्कको दायरा बढ्दै गएको उहाँले बताउनुभयो । प्रमुख कर अधिकृत गौतमले राजश्वको दायरा बढाएर राजश्व संकलन गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार अहिले मोरंगमा आयकरको दर्ता संख्या ४० हजार र व्यक्तिगत पान लिने ३३ हजार पुगेका छन् । आयकर र पानमा दर्ता हुनेको संख्यामा बृद्धिहुँदै गएको उहाँले बताउनुभयो । आन्तरिक राजश्व कार्यालयले कर नतिर्नेको कारोवार रोक्का गर्ने गरेको पनि बताउनुभयो । उहाँका अनुसार अहिले सम्म ४० वटा फर्मको कारोवार रोक्का गरिएको छ । फर्म मात्र नभएर सञ्चालक, प्रोपाईटरको पनि बैंक खाता रोक्का गरिएको बताउनुभयो । राजश्व कार्यालयले करको दायरा बृद्धिसँगै करदाता शिक्षा पनि दिने गरिएको प्रमुख कर अधिकृत गौतमले बताउनुभयो । करदाता शिक्षा नियमित हुने गरेको र हाल सम्म करिव ३५ वटा करदाता शिक्षा अहिले सम्म गरिएको उहाँले बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here