आफ्नै साथीले चलाएको भरुवा बन्दुकको छर्राले लागेर

0
145

जेठ १३ ।संखुवासभाको धर्मदेवी नगरपालिका–१ तेल्लोकमा आफ्नै साथीले चलाएको भरुवा बन्दुकको छर्राले लागेर एक जनाको मृत्यु भएको छ। मृगको शिकार गर्नेक्रममा आफ्नै साथीले चलाएको गोली लागेर धर्मदेवी नगरपालिका १ बस्ने योगेन्द्र पौडेलको मृत्यु भएको हो। शनिबार दिउँसो योगेन्द्रसहित उनका साथीहरु चिरिञ्जिवी अधिकारी र चन्द्रसुन्दर अधिकारी मृगको शिकार गर्न स्थानीय पाथिभरा सामुदायिक वन गएका थिए। मृग भनेर हानेको गोली योगेन्द्रलाइ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ। घटनामा संलग्न चिरञ्जिवी र चन्द्रसुन्दरलाई प्रहरीले एक थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ भने मृतकको शव पोष्टमार्टमकालागी पठाइएको छ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here